कोरोना भाइरसको कारण नेपालमा आज १५ जनाले ज्यान गुमाए

कार्तिक १४/ खबरकलम संवाददाता: पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) नेपालमा पनि महामारीको रुपमा फैलिएको छ।

दिनहुँ हजारौं संक्रमित थपिएका छन्। पिसिआर परीक्षण गरिएको अनुपातमा करिब २४ प्रतिशत भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना भाइरसका कारणले ज्यान गुमाउनेको संख्या पनि बृद्धि हुँदै गएको छ।

आज नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप १५ जनाको मृत्यु भएको छ । काठमाडौंका ३, भक्तपुर, काभ्रे र रुपन्देहीका २/२, चितवन, नुवाकोट, धादिङ, रामेछाप, कास्की र स्याङ्जाका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र अस्पतालहरुले जनाएका छन् ।

Share Post on Social media