चितवनमा कोरोना संक्रमित महिलाको ज्यान गयो

कार्तिक १९/चितवन: चितवनमा एक कोरोना संक्रमित महिलाको ज्यान गएको छ।

पूर्वी चितवनको राप्ती नगरपालिका–१० बस्ने ३९ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

कात्तिक १५ गते श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएकी उनलाई १७ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Share Post on Social media