स्याङ्जामा कोरोना भाइरसको कारण थप एकको मृत्यु

कार्तिक २१/खबरकलम संवाददाता: कोरोना भाइरस (कोभिड १९) को कारण स्याङ्जामा थप एकको मृत्यु भएको छ।

स्याङ्जाको चापाकोट नगरपालिकाका सूचना अधिकारी विन्उु कोइरालाका अनुसार चापाकोट नगरपालिका – १० का एक ७३ वर्षीय कोरोना संक्रमीत पुरुषको गए राती ज्यान गएको हो।


यहि कार्तिक १४ गते पाल्पाको प्रवास मेडिकल कलेजमा आफ्नो नियमित स्वास्थ्य उपचार गर्न जाँदा उहाँमा कोरोना संक्रमण पुष्टि भएको थियो भने स्वास्थ्य उपचार पश्चात् १६ गतेदेखि आफ्नै घरमा होम क्वारेन्टाइनमा बस्दै आउनुभएको थियो । उहाँमा सुगर , प्रेसर लगायतका समस्याहरु पनि रहेको थियो ।

Share Post on Social media