सोमबार बिहानै कोरोना संक्रमणबाट ३ जनाको मृत्यु

कार्तिक २४/खबरकलम संवाददाता: सोमबार बिहान कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ।

भैरहवा रुपन्देहीका १ र कैलालीमा २ गरी ३ जनाको मृत्यु भएको हो। कैलालीमा कोरोना संक्रमणबाट टीकापुर नगरपालिका–१ का ९० वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका २ का ८४ वर्षीय पुरुषको सोमबार बिहान कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

२० गते कोरोना पुष्टि भएका टीकापुरका पुरुष होम आइसोलेसनमा बसिरहेका थिए । होम आइसोलेसनमा रहेकै बेला उनको मृत्यु भएको टीकापुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए।

यसैगरी भैरहवास्थित भीम अस्पतालमा एक संक्रमितको मृत्यु भएको छ । गत कात्तिक १७ गते पोजिटिभ आएकी सैनामैना ४ की ५६ वर्षीया महिलाको सोमबार बिहान ६:२० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले जानकारी दिए।

Share Post on Social media