बलात्कार प्रयासको आरोपमा एक पक्राऊ

कार्तिक २६/स्याङ्जा: स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकामा बलात्कार प्रयासको आरोपमा एक जना पक्राउ परेका छन्।

अर्जुनचौपारी गा.पा. ३ गहते बस्ने बर्ष २७ को खेम बहादुर नेपालीले जबरजस्ती करणी गर्ने कोसिस गरेकाले पीडितको कीटानी जाहेरीमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

२०७७/०७/२५ गते आफ्नै घर वतनमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरी दाखिला गरेको हुंदा निज खेम बहादुर नेपालीलाई करणी सम्बन्धी कसुर (जवरजस्ती करणी उधोग) मुद्दामा अनुसन्धान गर्नको निमित्त सम्मानित स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराई ७ दिनको को म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रबक्ता एवं सूचना अधिकारी DSP राजेन्द्रप्रसाद अधिकारी ले बताएका छ्न्।

गोपनियताको कारण महिलाको नाम गोप्य राखिएको छ।

Share Post on Social media