स्याङ्जा जिल्लाका लोकप्रिय अंग्रेजी शिक्षकको निधन

स्याङ्जा/कार्तिक २६: स्याङ्जा जिल्लामा लामो समय अध्यापन गराइरहेका अंग्रेजी शिक्षक यादव कुमार विश्वकर्माको आज निधन भएको छ।

स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकामा अवस्थित कालिका माध्यमिक विद्यालयमा सहायक प्रधानाध्यापक समेत रही लामो समय अंग्रेजी विषयको अध्यापन गराइरहेका वहाँ केही वर्षदेखि मृगौला सम्बन्धी रोगबाट ग्रसित हुनुहुन्थ्यो।

भीरकोट नगरपालिका वडा नं १ स्थायी ठेगाना भई उहाँ हाल पोखरामा बसोबास गर्नुहुन्थ्यो। देशविदेशमा रहेका उहाँका शिष्यहरु, समकक्षी तथा शुभचिन्तकहरुले उहाँको निधनप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

उहाँ करिब ६० वर्षको हुनुहुन्थ्यो। वर्ष अंग्रेजी विषय शिक्षकको रुपमा उहाँ धेरैपटक तत्कालीन जिल्ला शिक्षा कार्यालय स्याङ्जाबाट सम्मानित हुनुभएको थियो।

असल शिक्षकको पहिचान बनाउनुभएका वहाँको निधनमा खबरकलम डटकम पनि भावपूर्ण समवेदना प्रकट गर्दछ।

Share Post on Social media