स्याङ्जामा थपिए १२ थप कोरोना संक्रमित

कार्तिक २७/ स्याङ्जा: स्याङ्जा जिल्लामा कोरोना भाइरस (कोभिड १९) का थप १२ जना संक्रमित थपिएका छन्।

स्याङ्जाको वालिङ् नगरपालिकामा ३ महिला र ९ पुरुष गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुने महिलाहरु १६ , १७ , ६० वर्षीया तथा पुरुष १५ , २४ , २५ , २६ , ३२ , ३५ , ३६ , ४२ , ५० वर्षका छन्।

उनीहरुलाई आइसोलेशनमा लैजाने तयारी भैरहेको छ।

Share Post on Social media