भीरकोट युवा आवाजद्वारा हाजिरीजवाफ प्रतियोगिता तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न ।

२९ कार्तिक/प्रमोद खनाल:भीरकोट नगरपालिकामा रहेका युवाहरुद्वारा नवनिर्मित “भीरकोट युवा आवाज”ले नेपालीहरुको महान चाड शुभ दीपावलीको अवसर पारेर वडा स्तरीय हाजिरीजवाफ प्रतियोगिताका साथै नेतृत्व विकास प्रशिक्षण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेका छन्।

भीरकोट युवा आवाजका अध्यक्ष तारा प्रसाद अर्यालको सभापतित्वमा भएको कार्यक्रममा भीरकोट नगरपालिका भित्रका ५ वडाहरुको प्रतिनिधित्व गर्दै १५ जना बिद्यार्थीको सहभागीता रहेको थियो। त्यस्तै नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षकको भुमिका अमृत अर्यालले रहनु भएको थियो।

उक्त कार्यक्रममा प्रथम दित्तीय र तृतीय स्थान क्रमश: वडा नं ६ , ८ र ५ का विद्यार्थीहरुले हासिल गरे। कार्यक्रममा पुरस्कार वितरण गर्दै प्रमुख अतिथि भीरकोट नगर प्रमुख छायाराम खनाल ज्युले “नगरका सम्पुर्ण युवाहरुले चालेको सकारात्मक कार्यमा आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

Share Post on Social media