नेकपा स्याङ्जाका अध्यक्षलाई पुत्री शोक, छोरीको उपचारका क्रममा निधन

मंसिर १/पोखरा: नेकपा स्याङ्जाका अध्यक्ष पारस गैह्रेलाई पुत्री शोक परेको छ।

अरिंगालले चिलेर घाइते भएकी नेकपा स्याङ्जाका अध्यक्ष पारस गैह्रेकी छोरी अदिति गैह्रेको पोखरामा उपचारका क्रममा आज दु:खद निधन भएको हो।

 पुतलीबजार नगरपालिका–१४ स्थित लामागेमा अरिगांलले टोक्दा उपचारका क्रममा गण्डकी अस्पतालमा निधन भएको जानकारी जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गराएको छ।

नेकपा स्याङ्जा अध्यक्ष पारस गैह्रेका श्रीमती, एक छोरा र एक छोरी छन्।

यस दु:खद घडीमा १३ वर्षको अल्पायुमै अस्ताएकी अदिति गैह्रेको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने प्रार्थनाको साथ भावपूर्ण समवेदना प्रकट गर्दछौँ।

खबरकलम डटकम परिवार

Share Post on Social media