स्याङ्जाले गुमायो अर्का होनहार शिक्षक

जीवन अर्याल, मंसिर ३/पोखरा: स्याङ्जा जिल्लाका अर्का लोकप्रिय शिक्षकको मृत्यु भएको छ।

स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा नं १३ स्थायी बसोबास गर्ने शिक्षक बेद प्रसाद बस्यालको आज मृत्यु भएको हो। बस्याल लामो समयदेखि शिक्षण पेशामा संलग्न हुनुहुन्थ्यो।

पुतलीबजार नगरपालिका वडा नं १३ का तरुण दल सभापति, शिक्षक संघ पुतलीबजार नगरपालिका सचिव तथा शैक्षिक आन्दोलनका अगुवाको रुपमा उनले सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए।

पछिल्लो समय उनमा कोरोना संक्रमण समेत देखिएको थियो। र, पोखरामा उपचार भइरहेको थियो।

उहाँको दु:खद निधनप्रति खबरकलम डटकम परिवार भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ।

Share Post on Social media