बालिका करणी गर्ने पक्राउ

मंसिर ९/ स्याङ्जा: स्याङ्जा जिल्लामा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ३ घर भई कास्की, पोखरा महानगरपालिका वडा नं १ नयाँगाउँ बस्ने वर्ष ३८ को रमेश भन्ने मैते विकले वर्ष १४ वर्षीया बालिकालाई कात्तिक २६ गते राति ९ बजे जबरजस्ती करणी गरेको आरोपमा पोखराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए।

उनका अनुसार बालिकालाई जबरजस्ती करणी गरेको हुँदा कानून बमोजिम गरी पाउँ भन्ने जाहेरी परेको हुँदा निज रमेश भन्ने मैतेलाई पोखराबाट पक्राउ गरिएको हो ।

Share Post on Social media