सल्यान र सुर्खेतमा विद्यालयमै कोरोना संक्रमण फैलियो

मंसिर २८/काठमाडौं: सल्यान र सुर्खेत जिल्लामा विद्यालयमै कोरोना संक्रमण पुष्टि हुन थालेको छ।

सल्यानको कपुरकोट गाउँपालिका-४ किमुचौरस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका ८ जना शिक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्राधानाध्यापक सहित ८ जना शिक्षकहरुलाई कोरोना भएपछि गाउँपालिकाको समन्वयमा विद्यालयको पठनपाठन पुस १० गतेसम्म बन्द गरिएको निमित्त प्रधानाध्यापक डिल्लीकुमार डाँगीले जानकारी दिए ।

यसैगरी, सुर्खेतमा एउटौ विद्यालयका ११ सहित १७ जना शिक्षकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ ।

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७ जना शिक्षकमा संक्रमण पुष्टि भएको हो ।

Share Post on Social media