समाजसेवी चुवाँइद्वारा विद्यालयलाई कोरोना रोकथाम सामग्री हस्तान्तरण

पौष ३/स्याङ्जा: स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका वडा नं ६ निवासी सामाजिक अभियन्ता कृष्ण चुवाँई (सुबेदी) ले अर्जुनचौपारी गाउँपालिका वडा नम्बर १ मा रहेको पञ्चकन्या माध्यामिक विद्यालय र ६ नम्बर वडाका ४ वटा आधारभूत तथा प्राथमिक विद्यालयलाई मास्क तथा सेनिटाइजर प्रदान गरेका छन्।


सुबेदीले उक्त सामाग्रीहरु राष्ट्रिय युवा संघ नेपाल अर्जुनचौपारी गाउँपालिका कमिटीमार्फत विद्यालयका शिक्षक तथा विद्यार्थीहरूलाई हस्तान्तरण गरेेेका हुन्।

कोरोना भाइरस (कोभिड १९) बाट विद्यालय क्षेत्र बढी जोखिममा रहेकोले विद्यार्थी एवं शिक्षकको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यालयहरुमा मास्क र सेनिटाइजर वितरण अभियान सञ्चालन गरिएको राष्ट्रिय युवा संघ अर्जुनचौपारी गाउँ कमिटीका सहसंयोजक गणेस प्रसाद पौडेलले बताए।


विद्यालयमा कोरोना संक्रमणको बढी जोखिम भएकोले बिभिन्न व्यक्तिसँग सहयोग जुटाएर अभियान सञ्चालन गरेको सहसंयोजक पौडेलले जानकारी दिए।

बुधबार ५ वटा विद्यालयमा वितरण गरिएको माक्स सेनिटाइजर युवा संघका सदस्य तथा समाजसेवी कृष्ण प्रसाद चुवाँई सुवेदीले उपलब्ध गराएका हुन् भने, अन्य विद्यालयहरुमा पनि वितरण गर्ने तयारी भएको राष्ट्रिय युवा संघ अर्जुनचौपारी गाउँ कमिटीले जनाएको छ ।

Share Post on Social media