चापाकोटमा सहकारीको साधारण सभा सम्पन्न,छिट्टै मार्ट र एम्बुलेन्स संचालनमा ल्याउने

पौष २६/ दिवस भण्डारी: स्याङ्जाको चापाकोट नगरपालिकामा रहेको गण्डकी बेशी बचत तथा ऋण सहकारी संस्थाको दशौ बार्षिक साधारणसभा सम्पन्न भएको छ।

चापाकोट नगरपालिकाकै उत्कृष्ट मानिएको एस सहकारी संस्थाको साधारण सभा चापाकोट नगरको पर्यटकीय स्थल सितलपार्कमा सम्पन्न भएको हो।संस्थाका अध्यक्ष बिन्दु कोइरालाको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि चापाकोट नगरपालिकाका उप-प्रमुख बिमला श्रेष्ठ रहनु भएको भएको थियो।

उक्त कार्यक्रममा उप-प्रमुख श्रेष्ठले सहकारीले समाजमा कृषक,उधोगी र ब्यबसायी लाई आर्थिक कारोबारमा टेवा पुर्याउदै समाज बिकासमा सृजनशिल भुमिका निर्बाह गर्ने जिकिर गर्नु भयो। गण्डकी बेशीले आगामी दिनमा बजार र ग्रामीण दुबै इलाकामा उत्पादित सामाग्रीलाई बजारीकरण गरेर समाजलाई आर्थिक उन्नतिको मार्गमा लैजानुपर्ने सुझाव सहित संस्थाको प्रगतिको शुभकामना समेत व्यक्त गर्नुभयो।

यसैबीच संस्थाका उपाध्यक्ष मणि खनालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा कार्यक्रमका अतिथि चानपा ८,९,१० वडाका अध्यक्ष क्रमशः नबराज श्रेष्ठ,शंकर भक्त भण्डारी र रामु कोइरालाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।सहकारीका अध्यक्ष बिन्दु कोइरालाले सहकारीले आगामी दिनमा बजार र जनमासको मागलाई मध्यनजर गर्दै नागरिकलाई सेवा दिने हेतु एम्बुलेन्स र व्यावसायिक मार्ट संचालनमा ल्याउने तयारीका साथ सहकारी अगाडी बढिरहेको बताउनुभयो।

सो कार्यक्रमको संचालन सचीव भिमराज भण्डारी (शिब) ले गर्नु भएको थियो।
५०० जना भन्दा धेरै सेयर सदस्य रहेको गण्डकी बेशी बचत तथा ऋण सहकारी संस्थाको बार्षिक आय ब्याय प्रतिबेदन प्रस्तुत गर्दै प्रबन्धक हरि डोटेलले कोरोना महामारीको विषम परिस्थितिमा समेत सहकारीले अनपेक्षित उपलब्धि हासिल गरेको जानकारी दिनुभयो।

Share Post on Social media