सिद्धार्थ राजमार्गमा सवारी जुध्दा चार घाइते
माघ २३/खबरकलम संवाददाता: सिदार्थ राजमार्ग अन्तर्गत फेदीखोला गाउँपालिका वडा नं २ मा टिप्पर र बस जुध्दा चार जना घाइते भएका छन्।
फेदीखोलादेखि पोखरा जाँदै गरेको ग १ ख ७६११ को टिप्पर र पोखरादेखि सुनौली जाँदै गरेको ग १ ख ९३७४ नंबरको बस सिदार्थ राजमार्ग अन्तर्गत फेदीखोला गाउँपालिका वडा नं २ मा एक आपसमा जुध्दा ४ जना घाइते भएका हुन्।
घाइते चालक टिप्परमै च्यापिएकाले क्रेन लगाएर निकाली उपचारार्थ पोखरा पठाइएको र हाल राजमार्ग सुचारु हुन लागेको खबरकलमलाई खबरकलम संवाददाताले जनाएका छन्।
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्