स्याङ्जाको पर्यटकीय स्थल सिरुवारीमा माघ २७ देखि होम स्टे सुरु

माघ २४/स्याङ्जा: नेपालको पहिलो ग्रामीण पर्यटकीय स्थल सिरुबारीमा होम स्टे सेवा पुन सुचारु हुने भएको छ।

लामो समयसम्म देशमा चलेको कोरोना भाइरसको महामारी तथा बन्दाबन्दीको अवस्थामा बन्द गरिएको होम स्टे सेवा पुनः सुचारु गर्न लागिएको स्थानीयले बताएका छन्।

यही माघ २७ गते देखि सुचारु हुन लागेको होम स्टे सेवामा विभिन्न सांस्कृतिक कार्यक्रम, भेषभुषा, गुरुङ संस्कृति समेत देखाइने भएको छ।

साविकको पंचमुल गाविसको सिरुवारी गाउँ हाल अर्जुन चौपारी गाउँपालिका तथा आँधीखोला गाउँपालिका अन्तर्गत पर्दछ।

प्राकृतिक रूपमा मात्रै नभई सांस्कृतिक रुपमा समेत स्याङ्जा जिल्लाको सिरुवारी पर्यटनको लागि प्रसिद्ध छ।

Share Post on Social media