भरुवा बन्दुक सहित १ जना मानिस पक्राउ

माघ २७/स्याङ्जा: स्याङ्जामा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन्।

हरिनास गाउँपालिका वडा नं. ३ बलाम्दी बस्ने ४० वर्षीय तुल बहादुर रानाको घरमा अवैध भरुवा वन्दुक छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जा मातहत ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले उनलाई पक्राउ गरेको हो।

निजको घर खानतलासी गर्दा भरूवा बन्दुक र सो सँग सम्बन्धित सामानहरू फेला परेको हुँदा पक्राउ तथा बरामद गरी “हातहतियार तथा खरखजना सम्बन्धी” कसुर मुद्धा दर्ता गरी सम्मानित स्याङ्जा जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

Share Post on Social media