भीरकोटको उर्वर फाँट पकानमा प्रथम आलु महोत्सव हुने

स्याङ्जा, १ फागुन । भीरकोट नगरपालिका वडा नं. ५ पकानमा प्रथम आलु महोत्सव हुने भएको छ । यही फाल्गुन ७ र ८ गते प्रथम आलु महोत्सवको तयारीका लागि शनिबार छलफल कार्यक्रम गरिएको छ ।

कार्यक्रममा नगरप्रमुख छायाराम खनालले जिल्लामै पहिलो पटक आयोजना गरिएको आलु महोत्सवले कृषकहरुलाई प्रेरणा र उत्साह जागेको भन्दै कृषिमा नयाँ आयाम थपिने बताए।

महोत्सव आयोजना सम्बन्धी छलफल तथा अन्तरक्रियामा बोल्दै प्रमुख खनालले आलु महोत्सवबाट यस क्षेत्रका स्थानीयको मात्र नभई समग्र भीरकोट नगरपालिका र जिल्लाकै लागि गौरवको विषय भएको बताए ।

कार्यक्रममा भीरकोट नगरपालिका वडा नं ५ का वडाध्यक्ष यामप्रसाद अधिकारी, पत्रकार अमृत अर्याल, कृषक पोतप्रसाद तिवारी, शेषकान्त तिवारी, मोतिलाल पौडेल लगायतले मन्तव्य राखेका थिए । कृषिको लागि निकै संभावना रहेको पकान फाँटमा यसपटक कृषकहरुले सामुहिक आलु खेति गरेका छन् ।

पकान फाँटमा यसपटक ३ सय रोपनी क्षेत्रफलमा सामुहिक आलु खेति गरिएको वडा अध्यक्ष अधिकारीले बताए।

महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष देवि पाण्डे तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत वडा अध्यक्ष अधिकारी र सञ्चालन संस्थाकी सचिव अम्बिका अर्यालद्वारा भएको थियो।

Share Post on Social media