जिल्ला युवा समिति अध्यक्षमा विश्वनाथ अर्याल चयन

फागुन ८/स्याङ्जा: जिल्ला युवा समिति स्याङ्जाको अध्यक्षमा विश्वनाथ अर्याल चयन भएका छन्।

नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय अनुसार नेकपा भीरकोटका अध्यक्ष तथा नेकपा स्याङ्जा जिल्ला सदस्य अर्यालले युवा समिति स्याङ्जाको अध्यक्षमा जिम्मेवारी पाएका हुन्।

युवाहरुको माझ मात्र नभई हरेक पुस्ताका मानिसमा उनी लोकप्रिय मानिन्छन्। खेलकुदप्रेमी, समाजसेवी र असल राजनीतिक नेताको रुपमा छवि बनाएका उनको नियुक्ति पश्चात युवाहरुमा निकै आसा पलाएको छ।

Share Post on Social media