लागू औषध सहित २ जना पक्राउ

फागुन ९/स्याङ्जा: स्याङ्जा जिल्लामा लागुऔषध सहित २ जना पक्राउ परेका छन्।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले जि. स्याङ्जा पुतलीबजार न.पा. वडा नं. १ प्रगतिनगर निवासी २५ वर्षीय दिवस गुरुङ र आँधीखोला गा.पा. वडा नं. १ बस्ने २२ वर्षीय अमुल परियार शंकास्पद अवस्थामा पक्राउ गरी सोधपुछ गर्दा निजहरुले लागू औषध खरिद गरी दिवस गुुरुङको घरमा लुकाई छिपाई राखेको अवस्थामा BUPRENORPHINE २८ एम्पुल, Diazepam २८ एम्पुल, Phenergan २८ एम्पुल गरी जम्मा ८४ एम्पुल, लागु औषध गांजा र सिरिन्ज समेतका लागू औषध बरामद गरी लागू औषध मुद्धामा अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

Share Post on Social media