ओलीद्वारा नेपाल-रावललाई निलम्बन

चैत १६/काठमाडौं : प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेका छन्।

पार्टीका सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यताबाटै पार्टी विधान २०४९ को धारा ४९ ख अनुसार ६ महिनाका लागि निलम्बन गरिएको हो।नेपाल र रावललाई सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले उनीहरूलाई निलम्बन गरेका छन्।

पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका हुन्। 

सच्चिने अन्तिम अवसर भन्दै ओलीले कारबाही गरेको जनाएका छन् ।

Share Post on Social media