तीन हजार बढी संक्रमित थपिए आजै नेपालमा

वैशाख १२/ काठमाडौं: आज नेपालमा ३००० बढी कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार २ सय ९२ पीसीआर परीक्षणबाट आइतबार ३ हजार ३२ जना संक्रमित फेला परेको हो । त्यस्तै ७ सय ८६ एन्टिजेन परीक्षणबाट ९० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन परीक्षणमा ३ हजार १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Share Post on Social media