भोलिबाट स्याङ्जा जिल्लाभर लागू हुने गरी निषेधाज्ञा

वैशाख २०/स्याङ्जा: जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्लाभर वैशाख २१ बाट लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ।

जिल्लामा कोरोनाको संक्रमण दर बढ्दै गएको र संक्रमण दर न्युनीकरण गर्ने भन्दै जिल्लामै निषेधाज्ञा लागू गर्न लागिएको हो । जिल्लामा कोरोना संक्रमण २ सय भन्दा बढीमा देखिएकाले आगामी मंगलबारबाट जिल्लामै निषेधाज्ञा लागू गर्न लागेको प्रशासन स्रोतले जानकारी दिएको छ।

पछिल्लो समय स्याङ्जा जिल्लाको वालिङ नगरपालिका कोरोना संक्रमितको हटस्पट बन्दै गएको छ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले यसअघि नै लागू हुने गरी वालिङ नगरपालिका, चापाकोट नगरपालिका र गल्याङ नगरपालिकालाई निषेधाज्ञा जारी गरी अत्यावश्यक बाहेक अन्य सबै सेवाहरु बन्द गरेको थियो।

Share Post on Social media