अवैध काठ बरामद

वैशाख २२/ स्याङ्जा: जिल्ला प्रहरी कार्यालय स्याङ्जा मातहतको इलाका प्रहरी कार्यालय चापाकोटले अवैध काठ बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय चापाकोटबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले चापाकोट नगरपालिका वडा नम्बर ५ हिलामराङ स्थित खोल्सामा अवैध रुपमा चिरान गरी राखेको सालको ४१ थान काठ बरामद गरी वन कार्यालय दामाचौरमा बुझाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताएका छन् ।

Share Post on Social media