कोरोना संक्रमितलाई औषधि, स्वास्थ्य सामग्री तथा राहत वितरण कार्य सम्पन्न

जेठ २१/स्याङ्जा: नेकपा एमाले भीरकोटले “जनतासँग एमाले” कार्यक्रम अन्तर्गत चुल्हो बल्नै समस्या भएका भीरकोट नगरपालिकाका गरिबहरुको घरमै गई राहत वितरण कार्य संचालन गरेको छ।

कोभिड १९ को महामारीका कारण जारी गरिएको निषेधाज्ञाले पूरा देश ठप्प प्राय: छ। काम धन्दाहरु बन्द छन्। मानिसहरु घरभित्र थुनिएका छन्। यस अवस्थामा पनि केही मनकारी युवा भने समाजसेवामा जुटेका छन्।

कोरोना भाइरसबाट सुरक्षित हुन मास्क तथा सेनिटाइजर वितरण गर्ने, लकडाउनका कारण चुल्हो बल्न नसक्ने घर परिवारको पहिचान गरी राहत वितरण गर्ने, कोभिडका विरामीलाई घरमै पुगी औषधि वितरण गर्ने कार्य गरिरहेको जानकारी नेकघा एमाले भीरकोटका अध्यक्ष विश्वनाथ अर्यालले दिए।

आउँदा दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिइने उनको भनाई छ। आज पनि भीरकोट नगरपालिकाका कोरोना संक्रमितको घरमै गई औषधि, मास्क तथा सेनिटाइजर वितरण गरिएको उनले जनाए।

आजको कार्यक्रममा नेकपा एमाले नगरकमिटी अध्यक्ष विश्वनाथ अर्यालको नेतृत्त्व र नेकपा एमाले जिल्ला अध्यक्ष सुर्य प्रसाद गैह्रे पारसको सहयोगमा नगरकमिटी सचिव गोकुल अधिकारी , नेकपा एमाले जिल्ला सदस्य तिलबहादुर गुरुङ ज्वाला, राष्ट्रिय युवा सँघ नगर अध्यक्ष मोहमद जुमाल अलि, नगरकमिटी सदस्य हनिफ मोहमद, भी न पा वडा नम्बर २ का वडा सचिव इन्र्द खाँड, केघा टोल समितिका अध्यक्ष , टोलका युवा नेता काजि गुरुङ लगायतका सहभागी भएका थिए।

Share Post on Social media