नेपाली कांग्रेस अर्जुनचौपारी वडा नम्बर ४ द्वारा १५० घरधुरीलाई खाद्यसामग्री वितरण

जेठ २३/ स्याङ्जा: नेपाली काङ्ग्रेस अर्जुनचौपाारी वडा नम्बर ४ इकाईद्वारा १५० घरधुरीलाई खाद्यसामग्री वितरण गरेको छ।

नेपाली काङ्ग्रेस वडा नम्बर ४ का क्रियाशील सदस्यहरु तथा जिल्ला केन्द्र अनि प्रदेशमा रहेका नेपाली काङ्ग्रेसका नेताहरुको आर्थिक सहयोगमा बाँडिएको हो। नेपाली कांग्रेसका वडा नम्बर ४ का अध्यक्ष बेल प्रसाद गुरुङको अध्यक्ष्यतामा सम्पन्न उक्त राहत वितरण कार्यक्रममा स्वागत मन्तव्य नेपाल महिला संघ अर्जुनचौपारीका सभापति सपना गुरुङले दिएकी थिइन्।

कोभिडका कारण ‌हातमुख जोर्न धौधौ परेका परिवारहरुको पहिचान गरी थोरै भएपनि दु:खमा सान्त्वना स्वरुप राहत प्रदान गरिएको र आउँदा दिनमा पनि यस्ता कार्यक्रम निरन्तर रहने जानकारी नेपाली काङ्ग्रेस ४ न.वडा प्रचार प्रसार प्रमुख दिपक सुनारले दिए।

सामाजिक भौतिक दुरी सहित गरिएको उक्त कार्यक्रम सञ्चालन भने कुमार सुनारले गरेका थिए।

Share Post on Social media