स्याङ्जामा फेरी थपियो निषेधाज्ञा,असार ७ सम्म लम्बियो

जेठ ३०/स्याङ्जा: कोरोना भाइरसका कारण फैलिएको महामारीका कारण जारी गरिएको निषेधाज्ञा लम्बिने क्रम जारी छ।

कोरोना संक्रमण कम नभएको भन्दै देशभर लकडाउन जारी छ भने स्याङ्जामा पनि असार ७ गते राती १२ बजेसम्मका लागि लागू हुने गरी निषेधाज्ञा थपिएको छ।

प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख भएअनुसार स्याङ्जामा निषेधाज्ञा २०७८ साल असार ७ गते राती १२ बजेसम्म कायम रहनेछ।

जेठ ३१ गते सम्मका लागि जारी गरिएको निषेधाज्ञालाई बढाएर असार ०७ गतेसम्म पुर्याइएकोे जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।

अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन समेत प्रशासनले आग्रह गरेको छ । जिल्लामा गत बैशाख २१ गतदेखिे निषेधाज्ञा शुरु भएको हो।


सो अवधिमा राजश्व संकलन, विपद् व्यवस्थापन र सरकारी कामकाजका लागि बाहेक बैंकिङ्ग सेवा समेत पूर्ण रुपमा बन्द गरिने भएको छ । बैकिङ्ग सेवा बन्द भएपनि एटिएम सेवा भने सुचारु राखिने छ ।
औषधीजन्य सामग्री बाहेक खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ बजेदेखि ११ बजेसम्म मात्रै खुल्ला राखिने निर्णय भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो । देशमै कोरोनाको दोस्रो लहर भित्रीएसङ्गै अछुतो नरहेको स्याङ्जामा पनि दोस्रो लहरको कोरोना संक्रमण दर बढेसँगै निषेधाज्ञाको समय थप गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।

Share Post on Social media