छोरी बलात्कार गर्ने बाबु पक्राउ

असार २३/स्याङ्जा: स्याङ्जाको फेदिखोला गाउँपालिका बस्ने पुरुष आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।


२०७८ असार २२ गते बिहान साढे ७ बजेतिर आफ्नै ११ वर्षीय छोरीलाई जबर्जस्ती करणी गरेको जाहेरी दरखास्त परेको आधारमा निज बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।


जाहेरी दरखास्त परेर पक्राउ गरिएका आरोपित बाबुलाई स्याङ्जा जिल्ला अदालतले बुधबारदेखि ७ दिनको म्याद थप गरेको र थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Share Post on Social media