स्याङ्जामा पनि कोरोनाको डेल्टा म्युटेड संक्रमण पुष्टि
असार २७/रामबहादुर रोकाहा: स्याङ्जा जिल्लामा कोरोना भाइरसको नयाँ संक्रमण पुष्टि भएको छ।
यो कोरोना भाइरसको नयाँ भेरिएन्ट रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । स्याङ्जामा पनि कोरोना भाइरसको नयाँ भेरिएन्टको आशन्का रहेकोले गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट २०७८/०२/३१ गते जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं नयाँ भेरिएन्ट जाँचका लागि पठाइएका ५ नमुनाहरु मध्ये स्याङ्जाको कालीगण्डकी गाउँपालिका १४ र ६० वर्षीय दुई पुरुषमा नयाँ भेरिएन्ट {Delta(B.1.167.2)} पुष्टि भएको हो।
यस्तै अन्य ३ जना गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका ३३, ४०, र ७० वर्षीय महिलाहरु रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्