निशुल्क मास्क वितरण कार्यक्रम सम्पन्न

साउन २४/राम बहादुर रोका : स्याङ्जा जिल्लामा प्रमुख जिल्ला अधिकारीको प्रमुख आथित्यतामा निशुल्क मास्क वितरण कार्यक्रम सम्पन्न भएको छ।

आज साउन २४ गते बिहान १०:३० बजेदेखि सुरु गरिएको उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय स्याङ्जाको आन्तरिक व्यवस्थापन, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला जनस्वास्थ्य कार्यालय स्याङ्जा र रेडक्रस स्याङ्जाको सहकार्यमा सम्पन्न गरिएको थियो।

स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, जिल्ला प्रहरी प्रमुख होविन्द्र बोगटी, स्थानीय व्यक्ति तथा प्रहरी कर्मचारीको उपस्थितिमा आज बिना मास्क हिँड्ने करिब १५० जनालाई मास्क वितरण गरिएको जानकारी प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक पदमराज थापाले दिए।

स्याङ्जा जिल्लामा केही दिनदेखि बढिरहेको कोरोना महामारी नियन्त्रण गर्न तथा कोरोना सम्बन्धी सचेतना फैलाउन पनि उक्त कार्यक्रम गरिएको हो। उक्त कार्यक्रममा निशुल्क रुपमा करिब १०००० थान मास्क वितरण गरिने जिल्ला प्रहरी कार्यालयले जानेको छ।

Share Post on Social media