जबर्जस्ती करणी गर्ने स्याङ्जाका एक युवा पोखरामा पक्राउ

साउन २६/पोखरा: जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक स्याङ्जाली युवालाई पोखराबाट पक्राउ गरेको छ।


स्याङ्जाका एक पुरुषले २६ वर्षीया युवतीलाई डर , त्रास र धाकधम्की दिई होटेलमा लगेर जबर्जस्ती करणी गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।


स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउँपालिका घर भई कास्कीको पोखरा महानगरपालिका -१७ स्थित बिरौटामा बसोबास गर्दै आएका राजु भनेर चिनिने ३६ वर्षीय ख्याम बहादुर घर्तीलाई डर , त्रास र धाकधम्की देखाई पोखरा -६ स्थित खहरेको एक होटेलमा लगि जबर्जस्ती करणी गरेको भन्ने पिडित युवतीले दिएको जाहेरीका आधारमा गत सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले बताउनु भयो ।


जिल्ला अदालत कास्कीबाट पक्राउ परेका घर्तीलाई जबर्जस्ती करणी सम्बन्धी उद्योगमा ७ दिनको म्याद थप गरि अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Share Post on Social media