नदीजन्य पदार्थ उत्खनन पक्राउ

साउन ३२/स्याङ्जा: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा अवैध रुपमा नदी उत्खननमा संलग्न रहेकालाई प्रहरी चौकी अर्जुनचौपारीले कारबाही गरेको छ।


अवैध रुपमा नदी दोहन कार्यमा संलग्न रहेको एउटा डोजरलाई कारबाही गरिएको हो । सम्राट कोहिनुर कन्स्ट्रक्सन प्रा.लि.को नाममा रहेको उक्त डोजर यस पालिकाको वार्ड न.- ३ सहरेस्थित दरौँखोलामा अवैध रुपमा नदी उत्खनन कार्यमा संलग्न रहेको प्रहरी चौकी अर्जुनचौपारीका प्रमुख असई लिलामणी उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार रातको समयमा अवैध रुपमा नदी उत्खनन गरी चोरी निकासीमा डोजर प्रयोग गरिएको आधारमा उक्त कन्स्ट्रक्सन कम्पनीका संचालकहरुलाई कारबाही स्वरुप रु.२५ हजार जरिवाना गरी छाडिएको हो ।


अवैध रुपमा नदीजन्य पदार्थहरु चोरी निकासी नै गरेको ठोस प्रमाण नरहेपनि उक्त कन्स्ट्रक्सन कम्पनीको नाममा रहेको डोजर प्रयोग गरी थुपारिएको बालुवाको आधारमा जरिवाना तिराई कारबाही गरिएको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष दीर्घनारायण अर्यालको भनाइ छ । यसै विषयमा स्थानीयले भने ठुलै नेताका सहयोगीहरुको सपोर्ट पाएर नै रातको समयमा अवैध रुपमा नदी उत्खनन कार्य गरिएको बताएका छन्। ।

Share Post on Social media