कांग्रेस स्याङ्जा क्षेत्र नं १ मा रेग्मी विजयी

मंसिर ७/स्याङ्जा:नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत स्याङजा निर्वाचन क्षेत्र नम्बर १ मा तुलसीराम रेग्मी विजयी भएका छन् । रेग्मीले कुल १०१२ मतमा ६३९ मत प्राप्त गरी विजयी भएका हुन् ।

क्षेत्रीय सभापतिमा विजयी रेग्मीले प्रतिदोन्दीहरु ओमबहादुर भट्ट क्षेत्री र दुर्गा प्रसाद पौडेललाई भारी मतले पछि पार्दै विजयी भएका हुन् । निर्वाचन समितिले दिएको जानकारी अनुसार भट्ट क्षेत्रीले ३१४ मत प्राप्त गरेका छन् भने पौडेलले २६ मत प्राप्त गरेका हुन् ।

कुल मतदाता १०२९ रहेको निर्वाचन क्षेत्र नम्बर १ मा १०१२ मत खसेको थियो । भट्ट क्षेत्री वर्तमान संस्थापन पक्ष भनेर चिनिन्छन भने रेग्मी राजु थापा पक्ष भनेर परिचित छन् । पौडेल कांग्रेस भित्रका स्वतन्त्र क्षेत्रीय सभापतिका उमेद्वार रहेका थिए ।

Share Post on Social media