प्याब्सन स्याङ्जाको अध्यक्षमा गैह्रे निर्विरोध निर्वाचित

पौष ४/स्याङ्जा: निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन स्याङ्जाको जिल्ला अधिवेशन आज सम्पन्न भएको छ।

स्याङ्जाको सहयात्री पार्टी प्यालेसमा आज सम्पन्न भएको १४ औँ अधिवेशनबाट जिल्ला अध्यक्षमा पाइनिअज स्कुल वालिङका प्रिन्सिपल मेघराज गैह्रे निर्विरोध निर्वाचित भएका छन्। यसैगरी उपाध्यक्षमा माधब गैह्रे, सचिव लेखनाथ रेग्मी, कोषाध्यक्षमा हरिप्रसाद अर्याल निर्वाचित भएका छन्।

यसैगरी, सहसचिव रेशम देवकोटा, सहकोषाध्यक्ष याम बहादुर जिसी सुनिल, सदस्यहरुमा जीवन अर्याल, मेखराज केसी, लक्ष्मी बराल, मुक्त राना, यामप्रसाद डुम्रे, गिरीराज वाग्ले लगायतका शैक्षिक व्यक्तित्वहरु चयन भएका छन्।

सम्पूर्ण निर्विरोध निर्वाचित पदाधिकारीहरुलाई प्याब्सन नेपालका केन्द्रीय सदस्य अमृत अर्यालले शपथ ग्रहण गराएका थिए। सदस्यहरुको कार्यकाल ३ वर्षको हुनेछ।

Share Post on Social media