प्रेस चौतारी नेपाल स्याङ्जा जिल्लाको पाँचौँ अधिवेशन सम्पन्न
खबरकलम संवाददाता/माघ १०: प्रेस चौतारी नेपाल स्याङ्जा जिल्लाको पाँचौँ अधिवेशन आज सम्पन्न भएको छ।
वालिङको रेड पिपर पार्टी प्यालेसमा सम्पन्न भएको उक्त अधिवेशनले सुशिल सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। उक्त अधिवेशनले सर्वसम्मत चयन गरेको नयाँ कार्यसमितिमा सुशिल सुवेदी अध्यक्ष, मणि अर्याल तथा कला राना उपाध्यक्ष, जीवन अर्याल सचिव, राधाकृष्ण शर्मा तथा सुनिल न्यौपाने सहसचिव, माधव गैह्रे कोषाध्यक्ष सहित नारायण कोइराला, माधव प्रसाद रेग्मी, मोहन सुनार, पूर्णिमा नेपाली, हरि अर्याल, नारायण चापागाईं, सविन लामिछाने, अनिता गौतम सदस्य रहेका छन्।
नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्याल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सांसद् मोहन रेग्मी थिए। विभिन्न राजनीतिक दलका प्रतिनिधि, जिल्लामा क्रियाशील पत्रकारहरु, पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ स्याङ्जाका उपाध्यक्ष लगायतका करिब ४० जना सहभागी उक्त कार्यक्रममा स्वागत मन्तव्य निवर्तमान उपाध्यक्ष गोपाल जिटीले दिएका थिए भने संचालन सुशिल सुवेदीले गरेका थिए।
प्रेस चौतारीका केन्द्रीय सदस्य हिमलाल पराजुली र प्रेस चौतारी गण्डकी प्रदेशकी अध्यक्ष सुष्मा पौडेलले नवनिर्वाचित पदाधिकारीलाई सपथग्रहण गराउँदै पत्रकारिताको पेशागत हकहितको संरक्षण र संवद्र्धन गर्न डटेर कलम चलाउन अभिप्रेरित गरेका थिए।
आफ्नो प्रतिक्रिया दिनुहोस्