नेकपा माओवादी केन्द्र स्याङ्जाले सम्पन्न गर्यो पालिका स्तरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम

माघ २०/खबरकलम संवाददाता: नेकपा माओवादी केन्द्र स्याङ्जाले स्याङ्जामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा माओवादी नेताहरु अमृता थापा मगर,राजकाजी गुरुङ,शैलेन्द्र घिमिरे,जिल्ला संयोजक प्रकाश न्यौपाने लगायतको सहभागिता रहेको कार्यक्रममा वक्ताहरुले गणतन्त्र, संविधानसभा, समावेशीकरण र संघीयता माओवादीको मुल राजनीतिक एजेन्डा भएको बताउँदै मुलुकमा अझैपनि माओवादी एजेन्डा हावी भएको र गणतन्त्र तथा धर्मनिरपेक्ष माओवादीको मुख्य एजेण्डा दाबी गरेका थिए ।

कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा अब जेठमा हुन लागेको स्थानीय निकायको निर्वाचनको लागि आजैबाट लाग्न समेत कार्यकर्तालाई निर्देशन दिएको जनाइएको छ।

पछिल्लो समय स्याङ्जामा माओवादीले राजनीतिक र सांगठनिक सक्रियता बढाउदै लगेको छ।

Share Post on Social media