आँधीखोलाको पञ्चासे सहकारीमा चोरी

माघ २४/स्याङ्जा: स्याङ्जाको आँधिखोला गाउँपालिका स्थित एक सहकारीमा गए राती करिब नगद ४ लाख रुपैयाँको चोरी भएको छ ।


आँधिखोला गाउँपालिका वडा न. ४ बाङ्सिङ स्थित पन्चासे बचत तथा ऋण सहकारी संस्थामा गए राती चोरी भएको हो ।
गए राती चोरी भएतापनी आज बिहान अन्दाजी ७ बजे सो स्थल देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
उक्त बचत तथा ऋण सहकारी संस्थाको काउन्टरको ताला फोरि भित्र रहेका ३ वटा दराज तोडफोड गरि करिब नगद ४ लाख रुपैयाँ लुटपाट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
चोरी गर्ने व्यक्तिको खोजतलास जारी रहेको छ ।

Share Post on Social media