विरुवा गाउँपालिकाद्वारा गीति एल्बम विमोचन सम्पन्न

फागुन ४/स्याङ्जा: स्याङ्जा जिल्लाको विरुवा गाउँपालिकाले आफ्नो सम्पुर्ण सांस्कृति, सामाजिक रितिरिवाज, धार्मिक पर्यटन लगायत अन्य पर्यटकीय स्थलहरुको चिनारीलाई समेटेर “हाम्रो विरुवा गाउँपालिका” नामक चिनारी गीति एल्बमको विमोचन गरिएको छ ।

एल्वमको विमोचन संयुक्त रुपमा विरुवा गाउँपालिका अध्यक्ष श्री चुनप्रसाद शर्मा, उपाध्यक्ष श्री देवी कुमारी थापा, नि․ प्रमुख प्रशासकीय अधिकृत श्री गोगन सिंह थापा र आर आर क्रिएसनका अर्जुन थापाले गर्नुभएको थियो । आर आर क्रिएसन, काठमाडौँको प्रस्तुति रहेको उक्त गीति एल्बमको बिमोचन विरुवा गाउँपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच भएको थियो ।

आर आर क्रिएसनका अर्जुन थापाको अध्यक्षतामा संचालित कार्यक्रमको प्रमुख अतिथि विरुवा गाउँपालिका अध्यक्ष श्री चुन प्रसाद शर्मा, विशिष्ट अतिथि उपाध्यक्ष श्री देवि कुमारी थापा, विशिष्ट अतिथि नि․ प्रमुख प्रशासकिय अधिकृत श्री गोगन सिंह थापा रहनुभएको थियो । उक्त कार्यक्रममा विरुवा गाउँपालिकाको ८ वटै वडाका वडा अध्यक्षहरु, विभिन्न राजनितिक दलका प्रतिनिधीहरु, विरुवा गाउँपालिकामा कार्यरत कर्मचारीहरु तथा स्थानीय कलाकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै समाजसेवी अब्बु मियाँ, वडा नं ६ का अध्यक्ष श्री कृष्ण बहादुर क्षेत्री, माआबादी केन्द्र विरुवा कमिटीका प्रतिनिधि पहल सिंह वि क, नेपाली कांग्रेस विरुवाका प्रतिनिधि श्री सचिन क्षेत्री, नेकपा एमाले का प्रतिनिधी श्री सुर्य कुँवरले यस गीत मार्फत विरुवा गाउँपालिकाको सांस्कृतिक एवं पर्यटकीय क्षेत्रको उजागर हुने विश्वास व्याक्त गर्नुभयो । कार्यक्रमको संचालन विरुवा गाउँपालिका कार्यालयमा प्रशासन शाखामा कार्यरत कर्मचारी श्री श्रीराम वाग्लेले गर्नुभएको थियो ।

Share Post on Social media