मगर दिवसको अवसरमा सार्वजनिक बिदा

फागुन १४/स्याङ्जा: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ।

मगर समुदायले फागुन १५ लाई मगर दिवसको रुपमा मनाउने गरेका र स्याङ्जा जिल्लाका अन्य पालिकाहरुले समेत भोलि आइतबारको लागि सार्वजनिक बिदा दिएकाले बिदा दिइएको जनाइएको छ।

भीरकोट नगरपालिकाका मेयर छायाराम खनालले एक विज्ञप्ति जारी गर्दै भोलि नगरपालिका भित्रका संघसंस्था, विद्यालय, बैंक सबैमा लागू हुने गरी विदा दिइएको जनाएका छन्।

Share Post on Social media