नेपाल मुस्लिम इत्तिहाद संगठन स्याङजाको जिल्ला अधिवेशन सम्पन्न
फागुन २८/जीवन अर्याल: नेपाल मुस्लिम इत्तिहाद संगठन स्याङ्जाको जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। जिल्ला समन्वय समिति स्याङ्जाको सभाहलमा हाजि सेर अलिको अध्यक्षतामा सम्पन्न भएको उक्त अधिवेशनले नुरुल हक मियाँको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ।
नेपाल मुस्लिम इत्तिहाद संगठनको केन्द्रीय अध्यक्ष सेराज अहमत फारुकी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथि नाजिर हुसेन (नेपाल मुस्लिम इत्तिहाद संगठनका संस्थापक अध्यक्ष), नेपाल मुस्लिम इत्तिहाद संगठनका केन्द्रीय उपाध्यक्ष हाजी इस्लाम मियाँ, माननीय मोहन रेग्मी (प्रदेश सांसद्), मिनप्रसाद गुरुङ (प्रदेश सांसद्), नेकपा एमालेकी केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति स्याङ्जाकी अध्यक्ष सिता सुन्दास,नेकपा एमालेका जिल्ला अध्यक्ष पारस गैह्रे, उपाध्यक्ष कृष्ण खाँण, नेकपा एमाले स्याङ्जा सचिव राजेन्द्र डुम्रे, सहसचिव विश्व पौडेल, पुतलीबजार नगरपालिकाकी नगरप्रमुख सिमा क्षेत्री, उपप्रमुख महेश पुरी, मुस्लिम इत्तिहाद संगठनका केन्द्रीय सदस्य जबुल मियाँ, तारा शर्मा, जिसस उपाध्यक्ष दिलिप बगाले लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा इमाम मोहम्मद युसुफ मियाँले इस्लाम धर्मग्रन्थ कुरान पढेर कार्यक्रमको सुरुवात गरेका थिए भने कार्यक्रम सञ्चालन नासिर खानले गरेका थिए। मुस्लिमहरुको हकहितको लागि स्थापित भएको उक्त संगठनले नयाँ कार्यकालका लागि सर्वसम्मत अध्यक्ष नुरुल हक मियाँ, उपाध्यक्ष शहनसा अली, सचिव मुन्नु निशा, सह सचिव मोहम्मद अजिज खान, सह सचिव अनुर अली, कोषाध्यक्ष अब्दुल मजिद लगायतको ३३ सदस्यीय पूर्ण कमिटी चयन गरेको हो।
अध्यक्ष:- नुरुल हक मियाँ
उपाध्यक्ष :- शहनसा अली
सचिव :- मुन्नु निशा
सह सचिव :- मोहम्मद अजिज खान
सह सचिव :- अनुर अली
कोषाध्यक्ष:- अब्दुल मजिद मियाँ
सदस्य :- अलि हुसेन
सदस्य :- मोहम्मद आरीफ
सदस्य :- हजरत अली
सदस्य :- फजीर दिन मियाँ
सदस्य :- अमिर हम्जा
सदस्य :- मोहम्मद अजिम
सदस्य :- समसुदिन मियाँ
सदस्य :- दिन अहमद मियाँ
सदस्य :- सौकत अली
सदस्य :- अलि हमिद मियाँ
सदस्य :- शेर अली
सदस्य :- अहमद नासिर
सदस्य :- मोहम्मद रनजान खाँ
सदस्य :- वइस मियाँ
सदस्य :- अलि अक्बर मियाँ
सदस्य :- इस्माइल मियाँ
सदस्य :- नजमा खातुन
सदस्य :- नसिब मियाँ
सदस्य :- असगर अली
सदस्य :-सायरा बानु
सदस्य :- सुकुर अलि मियाँ
सदस्य :- अमिना खातुन
सदस्य :- हाजीरा खातुन
सदस्य :- सकुरा मियाँ
सदस्य :- साएरा निशा, सदस्य:- अहमद अलि मियाँ
सदस्य :- अलि मोहम्मद मियाँ
सदस्य :- अहमद दिन मियाँ
आफ्नो प्रतिक्रिया दिनुहोस्