डिआर खनालको अध्यक्षतामा भीरकोट रुपन्देही सम्पर्क मञ्च गठन

चैत १९/बुटवल: विभिन्न कामका सिलसिलामा स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका स्थायी ठेगाना भई रुपन्देही जिल्लामा बसोबास गर्ने प्रबुद्ध समुदायले आज एक कार्यक्रम सम्पन्न गरेका छन्।

भीरकोट रुपन्देही सम्पर्क मञ्च स्थापना गरी बुटवल तथा रुपन्देही जिल्लामा बसोबास गरिरहेका व्यक्तिहरुमा एकता ल्याउन र नगर प्रतिको माया र कर्तव्य बढाउन उक्त कार्य थालिएको हो।

नेकपा एमाले स्याङ्जा रुपन्देही सम्पर्क मञ्चले आज गरेको उक्त‌ कार्यक्रमबाट डिआर खनालको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।

उक्त कार्यक्रम नेकपा एमालेको पार्टी कार्यालय सुख्खानगर बुटवलमा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागी हुनको लागि स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकाबाट नेकपा एमाले नगर कमिटी अध्यक्ष विश्वनाथ अर्याल सहितको टोली बुटवल पुगेर बधाई तथा शुभकामना व्यक्त गरेको थियो।

Share Post on Social media