स्याङ्जाको प्रहरी प्रवक्तामा डिएसपी खनाल आउने , स्याङ्जाका डिएसपी अधिकारी ट्राफिक कार्यालय तनहुँ जाँदै

राम बहादुर रोकाहा/चैत २९:जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीको सरुवा भएसँगै एक कार्यक्रमबीच बिदाई तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न भएको छ।

जिल्लामा करिब दुई वर्ष रहेर कुसलताका साथ आफ्नो पदीय जिम्मेवारी वहन गर्दै सबै प्रहरी कर्माचारीका साथै स्याङ्जा जिल्लाबासीको मन जित्न सफल DSP राजेन्द्रप्रसद अधिकारीको राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय तनहुँमा सरुवा भई जानुभएको उहाँलाई सम्मानका साथ बिदाई गरिएको स्याङ्जा प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजिब बहादुर बस्नेतले जानकारी दिनुभयो।

स्याङ्जामा कार्यरत रहँदा आफ्नो जिम्मेवारी सफलताका साथ निर्वाह गर्न एवं कुशल प्रशासकको भूमिका निर्वाह गर्न सफल रहनुभएका डिएसपी अधिकारी एक निडर प्रहरी कर्मचारीको छवि बनाउन समेत सफल रहनुभएको थियो । उहाँ आफ्नो पेशाप्रति निष्ठावान, लगनशील , इमान्दार साथै आफ्नो व्यक्तिगत पहिचान पनि बनाउन सफल हुनुभएको थियो। उहाँले स्याङ्जा जिल्लाको शान्ति सुरक्षामा उल्लेखनीय योगदान पुर्याउनुभएको थियो।

उहाँले सेवाग्राहीलाई सम्मानसहित सेवा दिन आफ्ना प्रहरी कर्मचारीहरुलाई सहजीकरण गर्ने , नीति निर्देशनहरु पूर्ण रुपमा पालना साथै प्रभावकारी कार्यान्वयन गर्ने , सरोकारवाला निकायहरुसँग कानूनबमोजिम प्रभावकारी समन्वय गर्ने लगायत हरेक प्रहरी कर्मचारीहरुको हृदयमा बस्न सफल हुनुभएका डिएसपी अधिकारीले हरेक प्रहरी कर्मचारीहरुलाई आफ्नो कर्तव्य पालना गर्न उत्प्रेरित गर्ने एक कुशल प्रशासकलाई आज बिदाई एवं फेरी भेटौँला कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पदमराज थापाले बताउनुभयो।

त्यस्तै ईलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेका प्रहरी नायब उपरीक्षक रबिन्द्र खनाल स्याङ्जा प्रहरीको प्रवक्ताको रुपमा आउनुहुने भएको हो ।

Share Post on Social media