खोजपत्रकारिताको‌ नाउँमा भ्रामक समाचार सम्प्रेषण, नेपालबहस विरुद्ध उजुरी गर्ने

वैशाख २४/खबरकलम संवाददाता: खोजपत्रकारिताको नारा बोकेर झुटो, भ्रामक, एकपक्षीय र चरित्रहत्या गर्ने खालका समाचार सम्प्रेषण गर्दै आएको काठमाडौँबाट प्रकाशित हुने नेपालबहस डटकमबिरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता गर्ने तयारी भएको छ।

नेपालबहस डटकमबाट वैशाख २२ गते प्रकाशित “निर्माणाधीन अलपत्र टनेल कपडा सुकाउन प्रयोग” भन्ने शीर्षकको समाचारमा उल्लेख भएका तथ्याङ्क र विवरणहरु झुटो भएको तथा प्रयोग भएको तस्बिर श्रोत नखुलाई फिचर इमेजको रुपमा प्रयोग गरिएको पाइएको छ।

निर्माण सम्पन्न भैनसकेको अनुदानको टनेल

उक्त समाचारमा उल्लेख गरिएको टनेल निर्माण कार्य नसकिएको साँचो भएपनि निर्माण खर्चसम्बन्धी विवरण पूर्ण रुपमा झुटो र कपोलकल्पित भएको पाइएको छ। नेपालबहसले उक्त टनेलको निर्माण खर्च रु २२ लाख भएको भन्ने आधारहीन तथ्य पेश गरी चरित्रहत्या गर्ने दुष्प्रयास गरिएको छ। यससम्बन्धी समाचार प्रकाशित भएपछि खबरकलम डटकम तथा स्मार्टअखबार डटकमका सम्पादकहरुले सरोकारवालाहरु र आरोपितसँग प्रत्यक्ष सम्पर्क गरी प्रमाण खोज्दा उक्त समाचारमा उल्लेख गरिएजस्तो कुनै पनि कुरा पाइएन।‌‌‌‌‌‌‌‌‌‌‌

माइन्युट १
टनेल माइन्युट २)
टनेलसम्बन्धी माइन्युट ३)
टनेलसम्बन्धी माइन्युट ४

टनेल निर्माण कार्य पूर्वाधार विकास कार्यालय स्याङ्जाबाट विनियोजित रु १० लाख (करकट्टी गरेर रु ८ लाख सत्तरी हजार) बजेटबाट अगाडी बढाइएको तर, बजेटको अप्रयाप्तताको कारण प्लाष्टिक छानो हाल्न नसकिएको प्रमाणसहितको जानकारी टनेल निर्माण समितिका अध्यक्ष डाँसीनारायण अर्यालले दिएका छन्। साथै नेपालबहस डटकमको टनेलसम्बन्धी समाचारमा उल्लेखित सल्लाघारी सहकारी विविध कारणले सञ्चालनमा आउन नसकी हाल बन्द भएको भएतापनि सम्पूर्ण आर्थिक कारोबारका विवरणहरु नेपाल सरकारले निर्दिष्ट गरेको आर्थिक ऐन र नियमावलीमा उल्लेख भएबमोजिम पारदर्शी रहेको तथा साना किसान सहकारी संस्थाको हरहिसाब चुस्त दुरुस्त राखी आर्थिक वर्ष २०७७/७८ सालसम्मको सम्पूर्ण तिर्नुपर्ने कर समेत तिरी करचुक्ता लिएको पाइएको छ। हालसम्म यसको पूर्ण स्वामित्व तुलसीभञ्याङ साना किसान सहकारी संस्था लिमिटेड गल्याङको मातहत रहेको र तुलसीभञ्याङ साना किसान सहकारी संस्था लिमिटेड गल्याङकै एक शाखाको रुपमा भीरकोट साना किसान सहकारी संस्था लिमिटेड संचालनमा रहेको पाइएको छ।

भीरकोट सानाकिसान सहकाीको साधारणसभामा उपस्थित शेयरधनी
भीरकोट साना किसान साधारणसभामा बोल्दै मेयर छायाराम खनाल
सानाकिसान सहकारी संस्थाको साधारणसभामा विशिष्ट अतिथि भीरकोट नपा मेयर छायाराम खनाल र अन्य

उक्त नेपालबहस डटकमको समाचारमा आरोप लगाइएका विश्वनाथ अर्याल भीरकोट नगरपालिकाको लागि नेकपा एमालेको तर्फबाट मेयर पदको लागि उम्मेदवारी दिएका व्यक्ति हुन्। युवामाझ बढ्दो लोकप्रियताले चर्चा पाएका विश्वनाथ अर्यालको कारण चुनावको परिणाम आफ्नो पक्षमा नपर्ने निश्चित भएपश्चात भीरकोट नगरपालिकाका वर्तमान मेयर छायाराम खनाल, नेपाली कांग्रेसका तर्फबाट मेयर पदका लागि उम्मेदवारी दिएका गोविन्द कर्माचार्य, विश्वचक्र त्रिपाठी लगायतका नेपाली कांग्रेस समर्थकले सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने, सार्वजनिक भाषणमै आरोप-प्रत्यारोप लगाउने, व्यक्तिगत टीकाटिप्पणी गर्ने र भ्रामक तथा अतिरञ्जित अपवाह फैलाउने गरिरहेका छन्।

वितरणका लागि गाडीमा लोड गरिएका विभिन्न प्रजातिका चल्लाहरु
अनुदानका चल्ला वितरण

यसबिरुद्ध निर्वाचन अधिकृतको कार्यालय भीरकोटमा जानकारी गराउँदा समेत निर्वाचन अधिकृत ऋषिराम आचार्य र सहायक निर्वाचन अधिकृत यामप्रसाद रेग्मीले सम्बोधन गर्ने प्रतिबद्धता जनाएपनि व्यवहारमा भने त्यसको कार्यान्वयन भएको पाइएको छैन। यसैबीच सरकारी सवारीसाधनहरुको चरम दुरुपयोग गर्दै वहालवाला मेयरसहित केही वडाध्यक्षहरुसमेत आफ्नो दैनिक कार्यसम्पादन छाडेर पार्टीको पक्षमा मत माग्दै हिँडेको पाइएको छ।‌‌‌‌‌

चुनावी आचारसंहिता उलंघन गर्दै पार्टीको प्रचारमा मेयर छायाराम खनाल
चुनावी आचारसंहिता विपरित पार्टीको कार्यक्रममा भीरकोटका मेयर छायाराम खनाल

सदाबहार मिडिया हाउस प्रालि बखुण्डोल ललितपुरद्वारा संचालित नेपालबहस डटकमबाट वैशाख २२ मा प्रकाशित भएको टनेलसम्बन्धी समाचारमा नेपालबहसले सरोकारवाला तथा आरोपितसँग सम्पर्कै नगरी समाचार सम्प्रेषण गरेको प्रमाणित भएको छ। र, समाचारमा प्रयोग गरिएको तथ्याङ्क र तस्बिरबारे नेपालबहस डटकमकी समाचार प्रमुख कुसुम सेन्चुरीले प्रधान सम्पादकसँग सम्पर्क गर्न भनिन्। भने, प्रधान सम्पादक इन्द्र रिजालसँग सम्पर्क गरी बुझ्दा आफूलाई यसबारे थाहा नभएको र समाचार पढेपछि मात्र प्रतिक्रिया दिने बताए।

नेपालबहसको भ्रामक समाचारको एक अंश

नेपालबहस डटकमजस्तो राजधानीबाटै संचालित अनलाइनले प्रकाशन गर्ने यस्ता तथ्य र आधारहीन, कपोलकल्पित र भ्रामक समाचारको कारण आम सर्वसाधारणमा भ्रम सृजना भएको छ।‌ नेपालबहस डटकमको यो टनेलसम्बन्धी समाचारबिरुद्ध आरोपित व्यक्ति विश्वनाथ अर्याल र तस्बिरको श्रोत नखुलाई अनाधिकृत प्रयोगको बिरुद्ध स्मार्ट अखबार डटकमका प्रधान सम्पादक नारायण प्रसाद कोइरालाले प्रेस काउन्सिल नेपालमा उजुरी गर्ने बताएका छन्।

मेयरका उम्मेदवार विश्वनाथ अर्यालको स्पष्टीकरण

नेपालबहस डटकमको भ्रामक समाचारको अंश यो लिंकबाट हेर्न र पढ्न सकिन्छ।‌ https://www.nepalbahas.com/2022/05/05/412240/

Share Post on Social media