स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रकाशको चर्चा

वैशाख २७/स्याङ्जा: स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका सिदार्थ राजमार्गसँगै जोडिएर पनि विकासको दृष्टिले अलिकति पछाडी परेको गाउँपालिका मानिन्छ। स्थानीयहरुले यस गाउँपालिकालाई एकमिटर पनि बाटो पीच (कालोपत्रे) नभएको पालिका भनी बुझ्दछन्।

उसो त स्थानीय तहको निर्वाचन २०७४ मा यस पालिकामा नेपाली कांग्रेसले ‌नै अध्यक्ष पदमा निर्वाचन जितेको थियो भने दीर्घनारायण अर्याल गाउँपालिका अध्यक्ष भएका थिए। आफू अध्यक्ष भएर पनि केही काम नगरेको आरोप उनमा छ भने चिनमाया गुरुङ गाउँपालिका उपाध्यक्ष भएकैले भनेजति काम गर्न पदीय जिम्मेवारीले रोकेको बताउँछिन्।

तर, पाँच वर्षमा फेरी आएको चुनावमा नेपाली कांग्रेसबाट यसपटक युवा व्यवसायी प्रकाश तिवारीले अर्जुनचौपारी गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्। ३२ वर्षको उमेरमै नेपाली कांग्रेस स्याङ्जा जिल्ला क्षेत्र नं ख सभापति बनेका उनको लोकप्रियता युवाहरुमाझ चुलिएको छ।‌

राजनीति फोहोरी खेल भन्दै युवाहरु राजनीतिबाट परै बस्न रुचाइरहेका अवस्थामा उनको उम्मेदवारी एक बलियो आधार बनेको छ। उसो त उनी आफैमा एक व्यवशायी पनि हुन्। काठमाडौं विश्वविद्यालयबाट ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेशन (बिबिए) गरेका उनले भारतीय दूतावासबाट छात्रवृत्ति एमबिए सम्मको अध्ययन पूरा गरेका हुन्। उनी बाइस वर्षकै उमेरमा उद्यमी नेपाल संस्थाको संस्थापक अध्यक्ष, २४ वर्षको उमेरमा ह्याथवे फाइनान्सको‌ निर्देशक , २६ वर्षको उमेरमा र्याडिसन होटलको‌ निर्देशक बनेका हुन्। यति मात्र नभएर उनी एकॉर्ड फार्मास्यूटिकल्सका निर्देशक, FNCCI बैंकिङ तथा बीमा समितिका केन्द्रीय सदस्य तथा FNCCI NRN र द्वीराष्ट्रिय समितिका केन्द्रीय सदस्य समेत हुन्। २० वर्षकै उमेरमा नेपाली कांग्रेसको सक्रिय सदस्य भएका उनको यसकारण पनि हाइट चुलिएको हो।

यद्यपि राजनीति र व्यवशाय फरक प्रकृतिका पाटाहरु हुन्। व्यवशायमा सफल भएको व्यक्ति राजनीतिमा सफल भैहाल्ने भन्ने ग्यारेन्टी नभएपनि व्यवशायिक छवि बनाएर राजनीतिमा आएको व्यक्तिले समाज परिवर्तनमा केही सक्रिय भूमिका निर्वाह गर्न सक्छ भन्ने आमसर्वसाधारणको बुझाईलाई उनले कत्तिको न्याय दिन सक्छन्। त्यो भने हेर्न निर्वाचनको नतिजा नै कुर्नुपर्छ।

शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा सानासाना कामहरु गरेर सुशासित, सम्मुनत र सुसंस्कृत अर्जुनचौपारी बनाउने उनको भिजन छ। शेयर कारोबारमा समेत पालिकाका सर्वसाधारणलाई जोडेर आर्थिक अवस्था माथि उठाउने लक्ष्य समेत उनले लिएको बताउँछन्।

Share Post on Social media