१९ यात्रुसहित तारा एयरको विमान सम्पर्कविहीन

जेठ १५/पोखरा: तारा एयरको विमान १९ यात्रुसहित सम्पर्कविहीन छ।

बिहान ९:५५ मा पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहिन भएको हो। पोखराबाट जोमसोमका लागि उडेको उक्त नाइन- एन एईटी विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए।

उक्त विमान सम्पर्कविहीन भएको र थप जानकारी आउन बाँकी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

Share Post on Social media