वालिङ नगरपालिकाले धान दिवस मनायो, “कृषि आधुनिकीकरण गर्नुपर्छ, नगरप्रमुख”

असार १५/स्याङ्जा , मणिप्रसाद अर्याल: स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाले आज धान दिवस मनाउने कार्य सम्पन्न गरेको छ।

१९ औं राष्ट्रिय धान दिवसको अवसरमा धान रोपाइँ कार्यक्रम गर्दै वालिंग नगरपालिकाका नगरप्रमुख कृष्ण खाँडले कृषिमा आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए । नेपाल कृषिप्रधान देश भएर पनि कृषिमै परनिर्भरता बढ्दै गएकोमा उनको चिन्ता र चासो रहेको थियो ।

धान रोपाइँ कार्यक्रममा बोल्दै नगरप्रमुख कृष्ण खाँडले ‘नेपाल कृषिप्रधान देश हो,तर
हामीले प्रयोग गर्ने कृषिका हरेक उपजहरु बाहिर(भारत)बाट आयात
गर्न परेको तीतो यथार्थ छ भन्दै उनले आफ्नै उत्पादनमा निर्भर हुने गरी उत्पादन
गर्नतर्फ कदम चाल्न कृषकलाई अनुरोध समेत गरे।’

असार १५ ले कृषकहरुमा नयाँ उर्जा थप्ने भएकाले यस दिन जस्तै अन्य दिनहरुमा पनि उर्जाशील भएर कृषि उत्पादनमा लाग्न अनुरोध गरेका थिए। पछिल्लो तथ्याँङ्क अनुसार नेपालको अर्थतन्त्रको २७ प्रतिशत प्रतिशत हिस्सा कृषि उत्पादनले धान्ने देखिएपनि यस आँकडालाई अझ माथि उकास्नको लागि कृषि उत्पादनमा बढावा दिन तीनै तहका सरकारकोध्यान जान आवश्यक रहेको खाँणको भनाई छ ।
उहाँले कृषि क्षेत्रमा युवावर्गलाई आकर्षण गर्न नसक्दा, सिँचाईको पर्याप्त सुविधा नहुँदा,
समयमै मल उपलब्ध हुन नसक्दा धान तथा कृषि उत्पादन बढ्न नसकेको बताए ।

स्याङ्जामा वालिङ क्षेत्र धान उत्पादनको लागि पकेट क्षेत्रको रुपमा रहे पनि सोँचेअनुसारको उत्पादन हुन नसकेको खाँणको स्वीकारोक्ति छ । उत्पादन वृद्धि गर्न नगरपालिकाले उन्नतजातका बीउ अनुदान,सिँचाईको प्रबन्ध, उत्पादित फसलको बजारीकरण लगायतलाई व्यवस्थित गर्न
कार्ययोजना बनाएको जानकारी दिए ।

कृषि एम्बुलेन्स,सङ्कलन केन्द्र लगायतको स्थापनाले कृषकवर्गलाई टेवा
पुग्ने गरी आफुले कार्ययोजना अघि बढाउने खाँडको दावी थियो । ‘धान बालीमा जैविक विविधताको उपयोग,आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नारासहित आयोजित रोपाईँ महोत्सवमा कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले ‘अन्नहरुको राजा’ धानको
उत्पादन घट्दै जानु दुखद विषय रहेको उल्लेख गरे । उनले गुणस्तरीय बीउको प्रयोग, आधुनिक खेती प्रणाली लगायतका माध्यमबाट उत्पादन वृद्धि गर्न सकिने सुझाव व्यक्त गरे ।
कृषि विकास तथा जलस्रोत केन्द्र, वालिङले आयोजना गरेको कार्यक्रममा कृषि ज्ञान
केन्द,प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, वालिङ नगरपालिकाको
कार्यालय तथा युएनडीपी र दियालो संस्था वालिङले साझेदारी रहेको थियो।


यसैबीच स्वाभिमान कृषक आइपीएम महिला सम७३घढसह,वालिङ १३ पाठखोलाले पनि
धान दिवस कार्यक्रम मनाएको छ ।

Share Post on Social media