भीरकोटका बाख्रा पालक किसानलाई औषधि तथा चेक हस्तान्तरण गरियो

साउन २/स्याङ्जा: प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्गजाको सहयोगमा औषधि तथा सहयोग राशीको चेक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

भीरकोट नगरपालिकाका सम्पूर्ण वडा (९) का ६५ वटा व्यवसायिक बाख्रा पालक किसानलाई बाख्रा ब्लक कार्यक्रम अन्तर्गत वडा नं २ मा रहेको शान्तिथुम कृषि तथा पशुपलान समुहको नेतृत्वमा औषधी तथा चेक हस्तान्तरण गरिएको हो।

भीरकोट नगरपालिकाकी उपप्रमुख भगवती रेग्मी अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुषालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा भीरकोट नगरपालिकाका निर्वाचित वडाध्यक्ष तथा जनप्रतिनिधि, बाख्रापालक किसान सहित करिब ८० जनाको सहभागिता रहेको थियो।‌‌

भीरकोट नगरपालिका सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

Share Post on Social media