राष्ट्रिय स्वतन्त्र पार्टीले स्याङ्जामा पार्टी कार्यालय खोल्यो

साउन १४/स्याङ्जा: रवि लामिछानेको नेतृत्वमा हालै गठित राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सङ्गठन विस्तार गर्ने क्रममा आज स्याङ्जा जिल्लामा पार्टी कार्यालय उद्घाटन गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेश सभापति डा.ढाकाकुमार श्रेष्ठले शनिबार एक कार्यक्रमका बीच स्याङ्जाको बैङ्क रोडस्थित मुक्तिनाथ होटलको माथिल्लो तलामा पार्टी कार्यालयको उद्घाटन गरेका हुन्।

पार्टीका गण्डकी प्रदेश समिति सदस्य रुक्माङ्गत भण्डारी, प्रदेश समिति सदस्य बोधराज रेग्मी, शितला थापा, युवराज पौडेल, सविता शर्मा र श्याम सुनार तथा जिल्ला सचिव गणेश पोख्रेल लगायतका व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा बोल्दै स्वतन्त्र पार्टीका स्याङ्जा जिल्ला अध्यक्ष डिल्लीराम कोइरालाले देशमा विकास र परिवर्तनको लागि स्वतन्त्र पार्टीमा संगठित हुन सबैलाई आग्रह समेत गरेका छन्।

केही दिन अघि मात्र स्वतन्त्र पार्टीले स्याङ्जाकै भीरकोट नगरपालिका र वालिङ नगरपालिकामा‌समेत सम्पर्क कार्यालय स्थापना गरिसकेको छ।

Share Post on Social media