लियो जिल्ला परिषद् ३२५ एम नेपालले गर्यो प्रशिक्षण कार्यक्रम

साउन १५/स्याङ्जा: लियो जिल्ला परिषद ३२५ एम, नेपालले लियोहरुलाई प्रशिक्षण दिने कार्यक्रम सम्पन्न गरेको छ।

लियो जिल्ला परिषद् ३२५ एम नेपालद्वारा बाग्मती क्षेत्रमा रहेका क्लब अफिसरहरुको तालिम तथा प्रशिक्षण हेरल्ड इन्टरनेशनल कलेज वसुन्धरा काठमाडौंमा सप्पन्न गरेको हो।

लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एम , नेपालका डिस्ट्रिक्ट गभर्नर लायन महेन्द्र पौडेलको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा बिरुवामा पानी हालेर उनले उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्दै पौडेलले लायन्स र लियोको सहकार्यले नै एम नेपाल एउटा थप उचाईमा पुग्ने र लियोलाई आवश्यक परेको खण्डमा हर सहयोग गर्न प्रतिबद्ध रहेको समेत बताए।

कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एम, नेपालका प्रथम डिजी लायन भिमलाल पौडेल , द्धितीय लायन चण्डी प्रसाद अर्याल , सचिव रत्न पराजुली , कोषाध्यक्ष शिव नारायण श्रेष्ठ , लियो क्लब चेयर मेन लायन लिलामणि खरेल , लायन धनीराम बराल , लियो जिल्ला परिषद् एल , नेपालका अध्यक्ष लियो योगेश गौतम , एम का सचिव लियो दिक्षान्त प्रताप खाँण , टेल टुष्टर लियो कमल बिष्ट CRC निश्चल हमाल कलेजको तर्फबाट तिलोचन शर्मा लगायतले आफ्नो मन्तव्य राखेका थिए l

प्रक्षिक्षकको रुपमा निवर्तमान अध्यक्ष लियो प्रकाश थापा , पूर्व अध्यक्ष विप्लप सुवेदी , पूर्व अध्यक्ष विशाल रिजालले‌ प्रशिक्षण दिएका थिए। कार्यक्रममा लियो परिषद् एम , नेपालका अध्यक्ष लियो सुशील भण्डारीले आफ्नो १ वर्षे कार्ययोजना समेत प्रस्तुत गरेका थिए l

कार्यक्रमको अध्यक्षता ट्रेनिङ्ग पुल कोअर्डिनेटर एवम् एम नेपालका उपाध्यक्ष लियो अष्विन खतिवडाले गरेका थिए। स्वागत एम , नेपालका कोषाध्यक्ष लियो प्रेम राज तिवारीले गरेका थिए भने कार्यक्रम संचालन सहसचिव लियो प्रलाद आचार्यले गरेका थिए l लियो क्लब अफ काठमाडौं आगमन , लियो क्लब अफ काठमाडौं रेसुंगाद्वारा कार्यक्रम संयोजन गरिएको थियो भने कार्यक्रम संयोजकको रुपमा लियो धर्मेन्द्र यादव र सह-संयोजकको रुपमा लियो आशिका चापागाईं रहेका थिए l कार्यक्रममा बाग्मती क्षेत्रका लियो तथा लायन्स क्लबका लियो र लायनहरुको उल्लेख्य सहभागिता रहेको थियो।‌

Share Post on Social media