एसईई परीक्षामा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई अनेरास्ववियु स्याङ्जाले गर्यो सम्मान

साउन २०/वालिङ: २०७८ सालको एसईई परीक्षामा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरुलाई अनेरास्ववियु स्याङ्जाले सम्मान गरेको छ।

स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नं ८ स्थित शुभम् पात्टी प्यालेसमा एक कार्यक्रम आयोजना गरेर एसईई उत्तीर्ण विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको कामना गर्दै सम्मान गरिएको हो।

नेकपा एमाले केन्द्रीय सचिव तथा पूर्वमन्त्री माननीय पद्मा अर्यालको प्रमुख आतिथ्यता तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य डाक्टर बुद्धिमान श्रेष्ठको विशिष्ट आतिथ्यतामा आयोजना गरिएको उक्त सम्मान कार्यक्रममा नेकपा एमाले स्याङ्जा जिल्ला सचिव राजेन्द्र डुम्रे, नेकपा एमाले भीरकोट अध्यक्ष तथा अनेरास्ववियु स्याङ्जाका पूर्व अध्यक्ष विश्वनाथ अर्याल, अनेरास्ववियु केन्द्रीय सचिव खेम मरासिनी, केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सचिव आरके पोखरेल, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य रिता ढकाल, ज्ञानु भुजेल लगायतले सम्पूर्ण विद्यार्थीको उज्वल भविष्यको कामना गर्दै शुभकामना व्यक्त गरेका थिए।

आजका विद्यार्थी भोलिको संवृद्ध राज्य निर्माणका कर्णधार रहेको भन्दै केन्द्रीय सचिव पद्मा अर्यालले असल चरित्र निर्माण र सामाजिक जीवनको विकास गर्नुपर्ने कुरामा जोड दिएकी थिइन्।‌

अनेरास्ववियु स्याङ्जाका अध्यक्ष सगुन रानाको अध्यक्षतामा आयोजित उक्त सम्मान कार्यक्रमको सञ्चालन अनेरास्ववियु स्याङ्जाका सचिव नविन पौडेलले गरेका थिए। उक्त कार्यक्रममा स्वागत मन्तव्य अनेरास्ववियु स्याङ्जाका पूर्व अध्यक्ष तथा नेकपा एमाले भीरकोट नगरअध्यक्ष विश्वनाथ अर्यालले दिएका थिए।

स्याङ्जा जिल्लाभरका सरकारी तथा निजी विद्यालयबाट २०७८ सालको एसईई परीक्षा उत्तीर्ण गरेका करिब ५०० जना विद्यार्थीको उक्त सम्मान कार्यक्रममा उपस्थिति रहेको थियो।

Share Post on Social media